काठमाडौं– कर्मचारी समायोजनका लागि सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको जेष्ठताको बरियताक्रम सार्वजनिक गरेको छ। समायोजन प्रक्रियामा मन्त्रालयले प्रशासन समूहतर्फका सहसचिवहरुको बरियताक्रम सार्वजनिक गर्दा भ्रष्टाचारको मुद्दा खेपिरहेका चूडामणि शर्मा पहिलो नम्बरमा रहेका छन्।
उनलाई पहिलो नम्बरमा जेष्ठता र अन्य आधारमा राखेको हो। कर्मचारी समायोजनका लागि जेष्ठतालाई पहिलो आधार बनाइएकाले मन्त्रालयले जेष्ठताको सूची सार्वजनिक गरेको हो।
सार्वजनिक सूची अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत प्रशासन तर्फका २ जना सहसचिवमध्ये एक जना ३२ औं नम्बरमा र एक जना सहसचिव १०७ औं नम्बरमा परेका छन्।
स्वास्थ्य मन्त्रालयको जनसंख्या महाशाखा प्रमुखका रुपमा कार्यरत सहसचिव मधुसुदन बुर्लाकोटी जेष्ठताको बरियताक्रमको ३२ औं नम्बरमा परेका छन् भने प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाईं १०७ औं नम्बरमा रहेका छन्।