धनगढी- नेपाल जनस्वास्थ्य संघ (नेफा) सुदूरपश्चिम प्रदेशको निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल जनस्वास्थ्यकर्मी (पेशागत) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहले पौष २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्ष पदका लागि पेशागत समूहबाट दयाकृष्ण पन्त र प्रगतिशील समूहबाट रमेश कुँवरले प्रतिस्पर्धा गर्ने भएका छन्।
पेशागत समूहबाट उपाध्यक्षमा रक्षा गिरी र प्रगतिशिलका योगेशप्रसाद भट्ट प्रतिस्पर्धा गर्ने भएक छन्।
सचिवमा पेशागतका शिवराज सुनार रहेका छन भने प्रगतिशिलबाट भुपेन्द्रसिंह महरा प्रतिस्पर्धामा उत्रिएका छन्। सहसचिबमा अशोक कुमार जोशी र गौरिदत्त जोशी तथा कोषाध्यक्षमा जानकी पराजुली मिश्र र निशा जोशी निर्वाचनमा होमिएका छन्।
सदस्यहरुमा झनकराज ढुङ्गाना, प्रशान्तविक्रम शाही, डिल्लीरमण जोशी, मनोज शाह पेशागतबाट रहेका छन भने वेदप्रकाश जोशी, मिनराज जोशी, जनकराज भट्ट र हरिशप्रसाद भट्ट प्रगतिशिल समुहबाट प्रतिष्पर्धामा रहेका छन्।
यसैगरी समावेशीमा सुदेश चौधरी र नृपबहादुर चौधरी पेशागतबाट रहेका छन भने प्रेमसिंह तिरुवा र अनिता खडका रहेका छन्।
दुबै समुहले आफनो घोषणापत्र जारी गर्दै प्रचार–प्रसारमा होमिएका छन्। जनस्वास्थ्य संघका लागि यस प्रदेशमा एक सय ६२ जना मतदाता रहेका छन् ।