काठमाडौं- नेपाल जनस्वास्थ्य संघको प्रादेशिक कार्य समिति अन्तर्गत कर्णाली प्रदेशमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
देशका ७ प्रदेशमध्ये बाँकी ६ प्रदेशमा निर्वाचन हुने भएतापनि कर्णालीमा सर्वसम्मत रुपमा निर्विरोध कार्यसमिति चयन भएको हो।
कार्यसमितिको अध्यक्षमा चेतनिधि वाग्ले चयन भएका छन्। यस्तै उपाध्यक्षमा अमित थानी, सचिवमा लक्ष्मण प्रसाद चौलागाईं, सहसचिवमा कमल रावत र कोषाध्यक्षमा नरेशबाबु श्रेष्ठ चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा उमेश गौतम, कमल बहादुर बुढा, भानुभक्त बस्याल, हेमराज न्यौपाने, भक्तबहादुर नेपाली र हैकली थापा निर्वाचित भएका छन्।
