काठमाडौं - प्रत्येक मानिसको आफ्नै कथा हुन्छ। आफ्नै कहानी...। तर, कहिलेकाहीँ भिन्न–भिन्न मानिसको कथा एउटै आख्यानझैं बन्दो रहेछ। यो त्यस्तै मानिसहरुको कथा हो, जसले क्यान्सरलाई पराजय गरे।
यतिबेला क्यान्सरलाई जितेका २५ जना पुल्चोकस्थित मोक्ष रेस्टुरेन्टमा ‘सुदिप्त क्यान्सर सर्भाइभर ¥याम्प शो’को तयारीमा जुटेका छन्। जसमा २१ महिला र ४ पुरुष छन्। कतिलाई लाग्न पनि सक्छ, ¥याम्प शो नै किन? क्यान्सर रोगबाट पीडितहरु अझै पनि समाजमा खुल्न सक्ने अवस्था नभएकैले यसबारे जनचेतना दिन र्याम्प शोको आयोजना गर्न लागिएको आयोजक समितिको तर्क छ।
नेपालमै पहिलो पटक आयोजना हुन लागेको र्याम्प शो मात्रै क्यान्सरविरुद्ध जनचेतना फैलाउन पर्याप्त नहुने आयोजकको भनाइ छ। ग्रामीण क्षेत्रमा क्यान्सरबारे जनचेतना फैलाउन काठमाडौंमा हुन लागेको र्याम्प शो कति प्रभावकारी होला त?
र्याम्प शोको तयारीमा जुटिरहँदा आफूहरुले भने नयाँ प्लेटफर्म पाएकोमा खुसी व्यक्त गर्छन् सहभागीहरु। क्यान्सर रोग लागेको समयमा घरभित्रै कसरी निस्सासिएझैं गरी बस्नुपथ्र्यो, अनगिन्ती अनुभव उनीहरुसँगै छ।
क्यान्सरबारे नेपालमा जसरी र जुन तरिकाले बुझिएको छ, त्यो मात्रै पुग्दो नहुने सहभागीहरु बताउँछन्।
जन्म र मृत्यु शाश्वत सत्य हो। यही भएकाले जीवनमा आइपर्ने कठिनाइलाई मानसिक रुपमा सहर्ष स्वीकार्न सक्नुपर्छ। उनीहरु भन्छन्, कोही सशक्त बन्न त सकारात्मक सोच हुनैपर्छ।
सहभागीमध्येकै हुन्, डली गुरुङ। जो र्याम्प शोका लागि कोरियोग्राफी गरिरहेका छन्।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा सानेपास्थित हेरिटेज गार्डेनमा पुस २७ अर्थात् ११ जनवरीमा ‘¥याम्प शो’ हुँदैछ। शोले सकारात्मक र सन्देशमूलक सूचना प्रवाह गर्ने सहभागीहरुको विश्वास छ।
हेरौं भिडियो रिपोर्ट