काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकाले किष्ट मेडिकल कलेजको शिक्षण अस्पतालसँग ५ वर्षका लागि स्वास्थ्य सेवा दिने विषयमा सम्झौता गरेको छ।
नगरपालिकाले सञ्चालमा ल्याएको ‘स्वस्थ महालक्ष्मी नगरपालिका अभियान’लाई सफल बनाउन अस्पतालसँग सम्झौता गरेको हो। सम्झौता पत्रमा अस्पतालका तर्फबाट १४ र नगरपालिकाका तर्फबाट ६ बुँदे गरी २० वटा बुँदा छन्।
नगरपालिकाले स्वस्थ नगर अभियानमा अस्पताललाई नगर सारथिक रुपमा लिएको नगरप्रमुख रामेश्वर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
सम्झौतापत्रमा अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार नगरपालिकाले गर्नुपर्ने ६ काम
क) जन समुदायलाई स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरुमा चेतना जगाउन सूचनामूलक सन्देशहरु उपयूक्त सार्वजनिक स्थानहरुमा डिस्प्ले गराउने
ख) शिक्षण अस्पतालले जनस्वास्थ्यमा चेतना जगाउन आयोजना गर्ने कार्यक्रमहरुमा स्थानीयस्तरको एवं प्रचारात्मक सहयोग पुर्याउने
ग) लुभु प्राथमीक स्वास्थ्य केन्द्रमा शिक्षण अस्पतालले प्रदान गरेको डेन्टल चेयर संचालन एवं दन्त रोगको उपचारमा आवश्यक पर्ने सामग्री नियमित रुपमा पूर्ति गर्ने
घ) सरुवा र नसर्ने जस्ता रोगहरुको संक्रमणबाट सर्वसाधारणलाई सुरक्षित राख्न किष्ट शिक्षण अस्पतालसंग समन्वय गरी जनस्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने गराउने
ङ) शिक्षण अस्पतालसम्म आउन जान सहयोग पुग्ने गरी उपयूक्त स्थानहरुमा साइनबोर्डहरु डिस्प्ले गराउने
च)शिक्षण अस्पताल प्रवेश गर्ने चोकमा हुने ट्राफिक जामको व्यवस्था गर्न सम्बन्धीत निकायसंग पहल गर्ने
किष्ट शिक्षण अस्पतालले गर्नुपर्ने १४ काम
क) नगरपालिका स्थित १० (दश वटै) वडामा आलो–पालो गरी कम्तीमा महिनाको एक पटक विशेषज्ञ टोली सहितको हेल्थ क्याम्प आयोजना गर्ने
ख) माग भइ आएमा बिरामीहरुलाई नगर क्षेत्रबाट अस्पताल परीसरसम्म आउन र फर्कन यातायातको व्यवस्था गर्ने
ग) नगरक्षेत्रबाट अस्पताल सम्म बिरामी ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने
घ) लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई दन्त सेवा लगायत चिकित्सा विधाका अन्य विषयहरुमा आवश्यकता पहिचान गरी एवं नगरपालिकाको समन्वयमा प्राविधिक सहयोग पु¥याउने
ङ) नेपाल सरकारबाट प्रयोजित निःशुल्क कार्यक्रमहरुः खोप कार्यक्रम, क्षयरोगको औषधि वितरण, प्रसूति सेवा÷आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिकका लागि डाईलासिस सेवा तथा परिवार नियोजन सेवालाई प्रभावकारी तरिकाले निरन्तरता दिई जनस्तरसम्म पुर्याउने
च) एउटै ओपिडी टिकटबाट विभिन्न बिधाका चिकित्सकहरुसंग स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिन सकिने व्यवस्था भएकोबारे सर्वसाधारणलाई जानकारी गराई सेवा लिन प्रोत्साहित गर्ने
छ) छोटो समय अस्पतालमा भर्ना भई गरीने शल्यक्रिया सेवा लिन सकिने आधुनिक प्रविधि अस्पतालमा भित्राई गुणस्तरमा बृद्घि गर्ने र सो बारे जानकारी गराउने
ज) बृद्घ–बृद्घा एवं सिमान्तकृत जनसमुदायलाई अस्पतालले प्रदान गर्ने सेवामा पहुँच पु¥याउन नगरपालिका संग समन्वय गरी कार्यक्रमहरु तय गर्ने
झ) प्रत्येक वडामा स्थानीय संघ संस्था एवं विद्यालय संग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरु आयोजन गर्र्नेे
ञ) प्रशिक्षार्थी चिकित्सक एवं विद्यार्थीहरु समेत समावेस गरी वडा एवं नगरपालिका कार्यालयसंग समन्वय गरी चेतनामुलक घर—दैलो कार्यक्रम संचालन गर्ने
ट) बाल मृत्यु दर घटाउन सहयोग पु¥याउने स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने
ठ) व्यक्तिको अस्वस्थ खानपान, प्रदुषित वातावरण एवं शारीरिक व्यायामको अभाव तथा मौसमी परिवर्तनका कारण हुन सक्ने विभिन्न रोगहरुबाट बच्ने उपायह जनस्तरसम्म पु¥याउने
ड) नसर्ने रोगहरु जस्तै विभिन्न प्रकारका क्यानसर, मधुमेह, मुटु तथा मृगौला सम्बन्धी रोगहरु दिनानुदिन बढिरहेको सन्र्दभमा यी रोगहरुबारे जनचेतना जोगाउन वडा एवं नगरपालिका कार्यालयसंग समन्वय गरी स्कूल हेल्थ प्रोग्राम तथा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्ने
ढ) बहिरङ्ग तथा सम्पूर्ण अन्तरङ्ग सेवाहरुको कूल बिल रकममा स्थाई बसोबास भएका नगरबासीलाई १५५ छुट दिई उपचार सेवा लिन प्रोत्साहित गर्ने।