दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घो राहीले मंगलबारदेखि भारी शुल्क वृद्धि गरेको छ । प्रतिष्ठानले तीन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै शुल्क वृद्धिका विषयमा जानकारी गराएको छ।
२५ रुपै याँ रहे को ओ पिडीको शुल्क १ सय र ३० रुपै याँ रहे को इमर्जे न्सीको शुल्क बढाएर २ सय पुर्याइएको छ । प्रतिष्ठानको शुल्क वृद्धिले सबै भन्दा बढी सुत्के री प्रभावित हुने छन्।
सुत्के री हुँदा निःशुल्क पाइने सेवा तथा भत्तासमे त पाउने गरे का थिए। तर, अब सामान्य सुत्के री हुँदा पनि ३ हजारदेखि १२ हजारसम्म शुल्क तिर्नुपर्ने भएको छ।
त्ंयस्तै, अन्य शुल्कमा पनि व्यापक वृद्धि भएको छ । जसअनुसार भर्ना बिरामीको बे ड शुल्क नलाग्ने गरे को मा अब प्रतिदिन २ सय २०, भिडियो एक्सरे ५ सयबाट ६ सय, मुख्य शल्यक्रिया ५ हजारबाट १२ हजार, मध्यम शल्यक्रिया पन्ध्र सयबाट ६ हजार ५ सय, माइनर शल्यक्रिया १ हजारबाट २ हजार ५ सय पुर्याइएको छ । त्यस्तै ल्याप सर्जरीको १५ हजार, जनरल एने स्थेसियाको ३ हजार ५ सय र स्पाइनल एने स्थे सियाको २ हजार ५ सय शुल्क तो किएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा ने पाल सरकारले कुनै पनि बजे ट नदिने र आपंmै कमाएर खर्च गर्ने संस्था भएकाले शुल्क बढाउनुपरे को प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीले बताइन्। यसअघि सुत्के री महिलाले पाउने आमा सुरक्षा कार्यक्रमको बजे ट पनि प्रदे श सरकारले राखे को र प्रतिष्ठानमा दिन नमिल्ने बताएकाले सुत्के री से वा निःशुल्क दिन नसकिएको उनले बताइन् ।
‘यसअघि सामान्य सुत्के री गराउँदा १ हजार ५ सय, जटिल प्रसुतिको ३ हजार र शल्यक्रियाको ७ हजार तथा गर्भजाँचको ८ सय र भाडा खर्च १ हजार प्रतिव्यक्ति दिने गरी सरकारले उपलब्ध गराउने गरे का थियो,’ भण्डारीले भनिन्,‘ प्रतिष्ठान बने पछि यो बजे ट रोकिएकाले निःशुल्क से वा दिन नसक्ने अवस्थामा छौँ।’
यद्यपि प्रतिष्ठानले ज्येष्ठ नागरिक, विपन्न वर्ग र अति गरिबका लागि छुट र निःशुल्क उपचार व्यवस् था गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए।
तथ्यांकमै छेडखानी
प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा गतवर्ष राप्ती उपक्षेत्रीय अस्पतालले ८ वटामात्रै मेजर अप्रेसन गरेको भनेर रिपोर्ट बाँडिएको थियो। पत्रकारले आशंका व्यक्त गर्दै प्रश्न गरेपछि प्रतिष्ठानले यसलाई प्रिन्ट मिस्टेक भन्दै सच्याएको थियो। सुधारिएको रिपोर्टमा ८ बाट ८० मेजर अप्रेसन गरिएको बताइएको थियो। तर, अस्पतालको तथ्यांक अनुसार गतवर्ष मेजर अप्रेसन मात्रै १ हजार ३ सय ४१ वटा भएका छन् भने जम्मा अप्रेसन ४ हजार ८२ वटा भएकाछन्। आफूलाई राम्रो देखाउने नाममा जिम्मेवार तहमा बसेको व्यक्तिले आधिकारिक तथ्यांकमा छेडखानी गरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्।
दन्त सेवा बन्द
प्रतिष्ठानले दन्त रोग सेवा बन्द गरेको छ। अस्पतालले पुस १६ गतेदेखि औपचारिक रुपमा सेवा बन्द गरेको जनाएको छ। अस्पताल प्रशासनले सूचना जारीगर्दै सेवा बन्द गरेको जानकारी गराएको छ।
प्रतिष्ठान प्रमुखको हस्ताक्षरबिना नै सूचना टाँसगरी सेवा बन्द गरेकोमा सर्वसाधारणले दुःख व्यक्त गरेका छन्। प्रतिष्ठानले स्थापनापछि सहज रुपमा सेवा पाउनुको साटो एकपछि अर्कोसेवासमेत बन्द गर्दा सर्वसाधारणले उपचार नपाउने अवस्था आएको कतिपयको बुझाइ छ।
प्रतिष्ठानले यसअघि भइरहेको पोषण पुनस्थापना गृह पनि बन्द गरेको छ। प्रतिष्ठानले दन्त सेवा २० गतेदेखि सुचारु हुने र पोषण गृह अस्पतालमा सारिएको दाबी गरेको छ।
प्रतिष्ठान सरोकार समितिको विरोध
प्रतिष्ठानले मंगलबारदेखि कार्यान्वयनमा ल्याउन थालेको शुल्क वृद्धिको विभिन्न क्षेत्रबाट बिरोध सुुरु भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समतिले विज्ञप्ति निकालेर शुल्क वृद्धिको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको छ। ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि र तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ। अहिले कै सेवा सुविधाको अवस्थामा शुल्क र पाइआएको सेवा सुविधा कायम गराउन जोडदार माग पनि विज्ञप्तिमा उल्लेख छ।
सेवा सुधारको प्रक्रियामा छौँ : प्रतिष्ठान
प्रतिष्ठानले अस्पतालको जिम्मा लिएको तीन महिनामा से वा सुधारको धे रै प्रयास गरिएको जनाएको छ। अस्पताल निर्देशक प्रा.डा. ऋतु शर्मा बरालले केही नयाँ से वा थप भइसके का र थप हुने क्रम जारी रहे को बताए । ल्याव परीक्षणमा ठूलो परिवर्तनको तयारी भइरहे को जनाउदै उनले पश्चिम ने पालमै नरहे को हिस्टोप्याथोलो जी, एफएनएसी, साइटोप्याथालोजी, ट्युमर मार्करको से वा पनि के ही दिनमै सुुरु गरिने प्रतिष्ठानले जनाएको छ । ‘ल्यावमा ६ हजारसम्म स्याम्पल कलेक्सन हुने गरेका थियो। अब पूर्ण अटो मे टिक यन्त्र जडान गरे पछि १५ हजारसम्म स्याम्पल परीक्षण गर्नेछौँ,’ डा. बरालले बताए।
सरकारको नीतिअनुसार आफ्नै फामेर् सी सञ्चालन गरिने , सफ्टवे यरमार्फत मे डिकल रेकर्ड सुरक्षित राखिने , डायलासिस से वा तीन सिफ्टमा चलाउने ,दुई वटा फोटोथेरापी व्यवस् थासहित नवजात शिशुका लागि ६ वेडको व्यवस् था गरिएको , भर्खरै जन्मे कादे खि एक महिनासम्मका शिशुको उपचार विशे षज्ञ चिकित्सक तथा तालिमप्राप्त नर्सको निगरानीमा गरिने , आमाका लागि ‘कंगारु मदर के यर’ प्रदान गर्न व्यवस्था मिलाइएको र नयाँ भवनसगै चारवटा शल्यक्रिया कक्ष र सर्जरी थप गरिने डा. बरालले जानकारी दिए।
आजदेखि ओ पिडी काउन्टरको समय बिहान ८ दे खि १२ बजे सम्म हुने छ । शुक्रबार ८ दे खि ११ बजे सम्म टिकट काटिने प्रतिष्ठानले जनाएको छ । बिहान ९ दे खि दिउँसो ३ बजे र शुक्रबार १ बजे सम्म बिरामी जाँच गरिने निर्दे शक डा बरालले बताए।