काठमाडौं– सरकारले माग पुरा नगरेपछि डा गोविन्द केसीले १६ औं अनसन सुरु गर्ने भएका छन्। अनसनका लागि डा केसी यो पटक इलाममा पुगेका छन्।
यसअघि १५ औं अनसन जुम्लाबाट सुरु गरेका डा केसीलाई सरकारले अनसनको बिचमा नै हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो। १५ औं अनसनको २७ औं दिनमा सरकारले डा केसीसँग ९ बुँदे सहमति गरेको थियो।
उक्त सहमतिको एक नम्बर बुँदामा चिकित्सा शिक्षा विधेयकको विषय थियो। सरकारले डा केसीसँग विधेयकमा गरेको सहमति अनुसारको विधेयक अझै पनि संघीय संसदमा दर्ता भएको छैन।
विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा नै छ। डा केसीले आफूसँग गरेको सहमतिभन्दा फरक ढंगले विधेयक ल्याउन लागेपछि अनसन सुरु गर्न लागेको बताए।
‘सहमति अनुसार नै विधेयक संसदमा दर्ता गरेर पारित गर्नुपर्नेमा विधेयक नै तोडमोड गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हामीसँगको सहमति विपरित निजीलाई पोस्ने गरी ल्याउन लागिएको विधेयकको विरोधमा पुनः सत्याग्रह बस्नुपर्ने अवस्था आएको हो।’
उनले विधेयकसहित यसअघि भएका अन्य सहमति पनि कार्यान्वयनमा नआएको जानकारी दिए।
यस्तो छ सरकार र डा केसीबीच भएको ९ बुँदे सहमति




