काठमाडौं- सरकारले देशका ५ वटा अस्पतालको क्षमता विस्तार गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले ५ अस्पताललाई विशेषज्ञ सेवा दिने अस्पतालमा रुपान्तरण गर्न सैद्धान्तिक सहमति दिएको हो।
मन्त्रिपरिषद्ले कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।