रुपन्देही– कपिलवस्तुको थुनिया स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा कार्यरत अनमी उषा केसीलाई कुटपिट गर्ने मोहबुझ मुसलमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
उनलाई ज्यानमुद्दामा सुरुमा ३ दिन र पछि पुनः १० दिनको म्याद थपी अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाको मुद्धा शाखाका असई डोलबहादुर थापाले बताए।
कुटपिटबाट अनमी केसीको देब्रे हात भाँचिएको छ।
घटनापश्चात विरोध जनाउँदै स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरूले सुरक्षाको माग गरेका छन्।
केसीमाथि कुटपिट गर्नेलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।
‘कुनैपनि बाहनामा अभियुक्तलाई कारबाही गर्न प्रहरी प्रशासनलाई भनेका छौँ’ मन्त्री बरालले भने।
गत पौष ९ गते अनमी केसीमाथि मुसलमानले रातको समयमा कार्यकक्षमै आएर कुटपिट गरेका थिए।
यो पनि पढौं :