जनकपुर– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने बताएका छन्।
संघीय सरकारले नारायणी उपक्षेत्रीय अस्पताललाई स्तरोन्नती गरी केन्द्रीय अस्पताल घोषणा गरेपछि मुख्यमन्त्री राउतले यसलाई कलेजकै रूपमा विकास गरिने बताएका हुन्।
अस्पतालको निरीक्षण गर्दै मन्त्री राउतले अस्पताललाई मेडिकल कलेज बनाउन छलफल गरिने र यसबारे आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रतिवद्धता जनाए।
अस्पताल विकासका लागि आवश्यक बजेट निकासा गर्ने पनि उनले बताए।
मुख्य मन्त्री राउतले अस्पताल विकासको लागि छुट्याएको रकम व्यवस्थित र इमान्दारीपूर्वक खर्च गर्न अस्पतालका मेसुलाई निर्देशनसमेत दिए।