मुख्य समाचार

नयाँ संरचना : स्वास्थ्य चौकीको इन्चार्ज सिअहेव हुन पाउने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– सरकारले संघीय संरचना अनुसार बनाएको नयाँ संगठन संरचना अनुसार अब स्वास्थ्य चौकीको इन्चार्ज सिअहेव हुन पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ संरचनामा सिअहेवलाई तहगत वरिष्ठताको आधारमा स्वास्थ्य चौकीको इन्चार्ज बन्न पाउने व्यवस्था गरिएको छ।

स्वास्थ्यमा लामो समयदेखि हेल्थ असिस्टेन्ट (एचए) र सिअहेवमध्ये को स्वास्थ्य चौकीको इन्चार्ज हुने भन्ने विवाद चल्दै आइरहेको छ। हालसम्म स्वास्थ्य चौकीको इन्चार्ज हेल्थ असिस्टेन्टले नै गर्दै आइरहेका छन्। 

तर, नयाँ संरचनामा छैठौं तहका सिअहेवले स्वास्थ्य चौकीको इन्चार्ज हुन पाउने बाटो खुला गरिएको छ। अहिलेको नयाँ व्यवस्था अनुसार स्वास्थ्य चौकीको तहगत वष्ठिताका आधारमा सिअहेव, एचए र अनमीमध्ये जो पनि प्रमुख हुनसक्ने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। 

‘तहगत वरिष्ठताका आधारमा नेतृत्व पाउने व्यवस्था भएको छ,’ उनले भने, ‘यो आधारमा हेर्दा स्वास्थ्यचौकीमा जो तहगत आधारमा वरिष्ठ छ उ नै उक्त संस्थाको इन्चार्ज हुन्छ।’ उनले यो व्यवस्था लागू गर्दा विवाद आउन सक्ने भए पनि सरकारले गरेको निर्णयलाई सबैले मान्नु पर्ने बताए।

हेल्थ असिष्टेन्टहरुले योग्यताका आधारमा आफुहरुले स्वास्थ्य चौकीको नेतृत्व गर्न पाउनुपर्ने तर्क राख्दै आइरहेका छन्। उनीहरुले सरकारले अहिले बनाएको संरचनाको विरोध समेत गरेका छन्। 

सरकारले अहेबलाई स्तरबृद्धि गर्दै छैठौँ तहमा लगेपछि एचए र सिअहेबबीचको विवाद चर्किएको हो। एचए पाँचौ तहका हुन्छन्। तर शैक्षिक योग्यताका आधारमा सिअहेबभन्दा एचए माथिल्लो तहका हुन्। 

स्वास्थ्य सेवामा शैक्षिक योग्यता नपुगे पनि स्वतः बढुवा पाएका स्वास्थ्यकर्मीको संख्या झन्डै ४ हजार छ। निजामती सेवामा भएको लोकतान्त्रिक बढुवा (२४ घ) को सिको गर्दै स्वास्थ्य सेवा ऐनमा राखिएको निश्चित मापदण्ड पुगेपछि स्वतः बढुवा हुने प्रावधानले स्वास्थ्य सेवामा समस्या ल्याएको हो। तत्कालीन स्वास्थ्यमन्त्री अमिक शेरचनको पालामा सुरु भएको यो व्यवस्थाले स्वास्थ्यकर्मीहरुमा फाटो ल्याउने काम गरेको छ।

यो व्यवस्थापछि स्वास्थ्य सेवामा शैक्षिक योग्यता बढी भएका एचएच भन्दा १८ मिहने तालिम लिएका अहेब माथिल्लो तहमा, तीन वर्षे कोर्स पढेका स्टाफ नर्सभन्दा १५ महिने अनमी र ल्याब टेक्निसियन भन्दा असिस्टेन्ट माथि गएका थुप्रै कर्मचारी छन्।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

बोलराज आचार्य लेख्नुहुन्छ २०७५ पौष २४ मंगलबार ०९:३६ 

तेतिमात्र होइन ,नेपाल सरकारले स्वास्थ्य सेवा ऐन का आधारमा छैटौ लाई अध्रिकृत तह मानेको छ सोहि अनुरुप पद स्थापना नै गर्नु जरुरि छ , कुर्सि नै दिनु पर्छ, त्यो मात्र होइन सातौ हुन र सातौ कोइ काम गर्नपाउने फुल अधिकृत पाउनुपर्छ महुदय , कुरो health पोस्ट को त्याहा AHW ,ANM ,HA ,LAB ,बैध जुन तहगत आधारमा अगाडी छ त्यो नै त्याहा को हाकिम हुनु जरुरि छ ,यहाँ का स खरिदार हुदै सुब्बा ,लेखापाल भएका छन् ,पुलिस जवान हल्लार हुदै सहि भएका छन् भुज्नु जरुरि छ

Zaheer Alam लेख्नुहुन्छ २०७५ पौष २४ मंगलबार ०९:२९ 

Jesthata ko aadhar ho vane ka.sa. le pni incharge paunu parxa sarkar

प्रकाश श्रेष्ठ लेख्नुहुन्छ २०७५ पौष २४ मंगलबार ०७:५९ 

त्यसो त खरदार र अधिकृत को तुलना किन नगरेको उ पनि खरदार बाटै त आएको हुन्छ

Hari Aryal लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ८:३६ 

Nijamati jasto health hune bhaya kina diff act banako,,, Nijamati lai subiddha ko lagi najir banauna sakincha tara baduwa ko yogyara,, adhikar ko barema uta 24gha leyaso bhancha bhanna mildaina .... AHW le padeko cource bhanda 100 time advance course ho HA,,,

Karna Dhami लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ८:२९ 

दार्ही फुल्यो तालु खुलियो बुढो भयो भन्दैमा कसैलाइ ठुलो तह मा हाकिम बनयेर त राख्नु त भयेन नि सरकार कम्ति मा शैक्षिक योग्ता को त कदर गर्नु पर्यो।।15 महिनाको Preservise training payera incharge hunu thulo hola ki 3 बर्ष academic कोर्स पढेलेखेको ठुलो हुन्छ।।सरकार ध्यान दिनुपर्यो।

jhupendra giri लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ७:४७ 

senior Ahw le AHW course plus 6 month ko SAHW course pass gare ko hunchha jo HA baraber yogyata lok sewa aayog le manchha ra 6th taha ko xa bhane 5th ko HA bhanda kasari sano?HA huna lai ta AHW +7years experiance bhaya pug chha SAHW course chahidaina tesaile 5th ko HA bhanda 6th ko SAHW course padheko senior AHW ko ta yogyata pani pugeko taha pani mathillo haina ra?

Krishna लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ७:०९ 

K ho sarkar...4 lakh donation ani 3 barsa marin mari padhne HA ani incharge CMA...yo kaha ko nyai ho..experience ko kura xa vane HA dherai thauma OJT garekai hunx kyare...yo ta vaye na hjr...ho sachai yo sarkarma laj xaina...ab cycle chadnelai bike ra thulo gariko licence bokaye vaegoni

Dharma raj Jaisi लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ६:१५ 

रामले 14 बर्षमा न्याय पाए हामिलाइ बल्ल मिल्ला जस्ताे भयाे कुराे पढाइकाे ठोकै हाे तर जिन्दगि भर एउटै पाेष्टमा जागिर खाने चलन सन्सारमा कतैछैन पुलिसकाे जवान हल्दार हुदै सइ सम्म पुग्छ तयस्तै पर्कारले सबैकाे बढुवा हुनछ तर हाम्राे भएन हामि भन्दा अगाडीका अनि हामि भन्दा पछाडी का समान याेग्यता भएका सबै लाइ बढुवा मान्ने बिचका त्यस्तै याेग्यता भएकालाइ बढुवा नमान्ने कस्ताे कानुन हाे बयाख्या गर्ने हरुले बुझन जरुरि देखिन्छ । परशासनमा काम गर्ने शाखा अधाकृत अाइए पास छ साेहि कार्यालयकाे नासु डीग्रि पास छ कसलाइ हाकिम मान्ने त्यसैले बुझ्नेले बझे हुन्छ अनुभब पनि डीग्रि हाे ।

दिपक घिमिरे लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ६:१३ 

यहाँ बिरोधका लागि बिरोध नगरम का स मु कै कारण आन्तरिक बाट समायोजन हुदा स्वीकार गर्ने अनि का स मु कै आधारमा तहगत स्तरबृद्दी भएका लाई स्विकार गर्न किन नुहुने अर्को कुरा हे पो को नेतृत्व प्राबिधिक कर्मचारी ले गर्ने हो प्रसासनिक ले हैन अनि का स को कुरा किन

shiva kc लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ५:५६ 

स्वास्थ्य खवर पत्रिका जस्तो पत्रिकाले समाचार लेख्दा अलि बिश्लेषणात्म लेख लेख्दा राम्रो होला । स्वास्थ्य सेवामा शैक्षिक योग्यता नपुगे पनि स्वतः बढुवा पाएका स्वास्थ्यकर्मीको संख्या झन्डै ४ हजार छ। निजामती सेवामा भएको लोकतान्त्रिक बढुवा (२४ घ) को सिको गर्दै स्वास्थ्य सेवा ऐनमा राखिएको निश्चित मापदण्ड पुगेपछि स्वतः बढुवा हुने प्रावधानले स्वास्थ्य सेवामा समस्या ल्याएको हो भन्नु भएको छ । कसरी समस्या ल्याउछ बिश्वका जुनसुकै देशमा पनि बढुवा आधार भनेको योग्यता तथा कार्यसम्पादन मुल्याकङका आधारमा वढुवा हुने चलन छ । नेपालमा पनि निजामति ऐनले २४ घ को यही प्रक्रियाकै आधारमा समायोजन गरी सकेको छ यस्मा कुनै सिधै खुल्ला वाट आएको शाखा अधिकृत र २४ घ का शाखा अधिकृत बिच कहिले द्वन्द भएन अनि स्वास्थ्यमा मात्रै किन योग्यता को मात्रै कुरा उठछ सि.अ.हे.व पनि १८ महिनाको नेपाल सरकारको स्वीकृत कोर्श उतिर्ण गरी नेपाल सरकारको पुन छ महिनाको सि.अ.हे.ब बको तालिम प्राप्त गरेका छन त कति सि.अ.हे.व.ले हेल्थ असिस्टेन्ट समेत उतिर्ण गरि बिपिएच समेत गरेका छन । करिब ५०० भन्दा बढि बिभिन्न बिषयका तालिम प्राप्त गरेका छन । त्यसो त हे.

Nir bahadur tamang लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार २:४२ 

Health assistant nai incharge hunu parxa

अरुण कुमार चौधरी लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार १:२२ 

Health post को नेतृत्व सि.अहेव, सि.अनमी ले गर्न पाउने रे, म एउटा health post मा H.A. पद मा कर्यरत छु। म पाचौं तहमा छु, एक जना अनमी पाचौं तह, र का.स. पनि पाँचौं तहमा छ, जेष्ठता को आधारमा (जागिर अवधी, उमेर ) का.स. ठुलो छ। अब के health post को नेतृत्व गर्न का.स. लाई दिने??? तह र जेष्ठता को आधार मा होइन, शिक्षा (education ) को आधार मा नेतृत्व गर्न दिनु सरकार।

rajendra bhandari लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार १:१३ 

yo decision right ho . yesma HA le birodh garnuparne kunai kura chhaina. kinbhane experiance lai pani yogyata maanera badhuwa garne prabdhan worldwide nai ho . kitaab padhera matra qualification badhchha bhanne hoina. bholika dinharuma HA le pani certain time work garepachhi badhuwa huncchha ra maathilo tahako laagi yogya hunchhan . tesaile aafno khuttama bancharo hannu jaruri chhaina ,

Bindu लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ११:३० 

Ekdam sahi ho सि अहेब lai hepeko thiyo aaba thik hune vayo

Surya magar लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार ११:२१ 

ए हजुर १५ बर्ष देखिकाे अनुभव ,विभिन्न बिषयमा तालिम , दन्द्वकालमा गा वि स समेत संचालन तथा अन्य धेरै अनुभव रहेकाे छ नि ,,,

सहनशिल नेपाली लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार १०:५१ 

देशमा गुणस्तरिय स्वास्थ्य सेवाको नारा लिने सरकार,मंत्रालय अनि ३ बर्ष कोर्ष अध्धयन गरेका दक्ष स्वास्थ्य कर्मी चै १५ महिना तालिम लिएका हरुको नेतृत्वमा । धेरै बर्ष साईकल चलाए भनेर लाईसेन्स नलिईकन नसिकि मोटरसाईकल चलाउन पाउनु पर्छ भन्दै आन्दोलन गरे भै हाल्यो नि ।

Chandra khati लेख्नुहुन्छ २०७५ पौष २३ सोमबार १०:३७ 

Kin yasto mildyn

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने