काठमाडौं- सरकारले संघीय संरचनाअनुसार समायोजन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि विभेदकारी व्यवस्था लागू गर्न लागेको भन्दै आन्दोनलमा उत्रेका सरकारी डाक्टरहरुले आज एक घण्टा आकस्मिक बाहेकको सेवा बहिस्कार गरेका छन्।
देशै भरीका स्वास्थ्य संस्थाहरूमा सरकारी चिकित्सकरूले बिहान १० देखि ११ बजेसम्म १ घण्टा आकस्मिक बाहेकका सम्पूर्ण सेवा स्थगन गरी आफू कार्यरत अस्पतालमा धर्ना दिएको संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए।
संघले समायोजन र नयाँ संरचनाको विरोधमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ समेत गरेको थियो। घेराउपछि स्वास्थ्यमन्त्रीसँगको भेटमा संघका प्रतिनिधीले आफ्ना मागका विषयमा जानकारी गराएका थिए। उक्त छलफलमा सकारात्मक कुरा नआएपछि थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नु परेको संघका अध्यक्ष पाण्डेले बताए।
उनका अनुसार सेवा स्थगनको कार्यक्रम भोली पनि जारी रहने छ।

