काठमाडौं– संघीयता अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई अन्याय गरेको भन्दै एचएहरु आन्दोलित भएका छन्।
हेल्थ असिस्टेन्ट संघको नेपालको अगुवाईमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम चलिरहेको छ। एचएहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।
मन्त्रालय परिसरभित्र होहल्ला र धर्ना गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरी हस्तक्षेपपछि मन्त्रालयमा तनावको अवस्था सिर्जना भएको हो।
एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।
‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै हामीले पटक पटक सुझावसहितको ज्ञापन पत्र बुझाएका थियौँ,’ संघका कार्यवहाक अध्यक्ष दिपेन्द्र खड्काले भने, ‘तर, हाम्रो माग सुनुवाई नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गरेका हौँ। यही आन्दोलनमा पनि प्रहरीले हस्तक्षेप गरेर हाम्रो आवाज दवाउने कोशिश भएको छ।’ उनले माग पुरा नभए सशक्त आन्दोलन गर्ने बताए।
प्रहरीले भने माथिको आदेश अनुसार आन्दोलनकारीलाई मन्त्रालयबाट हटाउने प्रयास गरिएको बताएका छन्।
प्रहरीले मन्त्रालयमा आन्दोलन गरे बुधबारबाट थप एक्सनमा जाने जानकारी दिए।
यस्तो छ संघको माग