काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का आवासीय चिकित्सकहरुले ८ महिनादेखि तलब नपाएपछि आन्दोलित भएका छन् । लामो समय तलब नपाउँदा खर्च धान्न समस्या परेपछि आफूहरु ड्युटी छाडेर आन्दोलनमा उत्रिनु परेको डा सुमित पाण्डेले बताएका छन्।
बिहीबार उनीहरुले विरोध स्वरुप शिक्षण अस्पतालअघि प्रदर्शन गरेका छन् । काममा लगाउनले तलब नदिएको विषयमा व्यङ्ग्य गर्दै चन्दा संकलन समेत गरिएको छ।
तलबका साथै स्वास्थ्य मन्त्रालयले सहमति विपरित ५ वर्षसम्म सेवा दिनुपर्ने गरी नियुक्ती दिन खोजेकामा पनि उनीहरुको विरोध छ।