काठमाडौं- सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत ९ विकास समितिहरु संघ अन्तर्गत हुने निर्णय गरेको छ। मन्त्रीपरिषद्को पुस १९ गते बसेको बैठकले उपत्यकका ९ विकास समिति संघअन्तर्गत रहने निर्णय गरेको हो।
सरकार प्रवक्ता तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाका अनुसार कन्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, सिहंदरवार बैद्यखाना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, मानसिक अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका विकास समिति संघ अन्तर्गत रहने भएका हुन् ।