काठमाडौं– इलाम पुगेर अनसन बसिरहेका डा गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। सोलिडारिटी फर डा केसी एलायन्सको अगुवाइमा प्रदर्शन गरिएको हो।
तीन करोड नेपालीको एउटै प्रश्न- सरकार जनताको हो कि माफियाको?, सधैसधै झुक्याउने कहिलेसम्म हो लाज पचाउने लगायतका प्लेकार्डसहित समर्थक माइतीघरमा भेला भएका हुन्।
सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने डा केसीको माग छ। विभिन्न ६ बुँदे माग राखेर उनी बुधबारदेखि आमरण अनसनमा छन्। तर सरकारले बुधबारै विधेयक बहुमतले पारित गरिसकेको छ।
भिडियो-