काठमाडौं– विपतमा स्वास्थ्य तथ्याङ्क संकलन गर्न नेपाल नर्सिंङ संघले मोबाइल एप सार्वजनिक गरेको छ।
एप सम्बन्धि नर्सहरुलाई दुईदिने तालिमको समेत व्यवथा गरिएको छ। नर्सिङ संघमा हुने तालिममा एप चलाउने प्रक्रियाबारे प्रशिक्षण दिइनेछ।
यसबाट विपतको बेलामा स्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरणको लागी डाटा कलेक्सन गर्नुका साथै इपिनर्सले आवश्यकता अनुसार नर्सिङ केयर प्रदान गर्ने र विपत आउनु भन्दा अगाडि र पछाडि इपिनर्सहरुलाई कसरी काम गर्ने भन्ने बारे तालिम दिईने संघकी उपाध्यक्ष अप्सरा पाण्डेले जानकारी दिइन्।
काठमाडौँ मेलम्ची पोखरा र बुटवलमा एपको परिक्षण गरिनुका साथै १५ जना यो एप सम्बन्धि तालिम दिइएको र १४ जिल्लाका २०० भन्दा बढी इपिनर्स तयारी गरीएको पाण्डेले जानकारी गराइन्।
स्वास्थ्य क्षेत्रको जोखिम न्यूनीकरण गर्न नर्सहरूको विशेष तालिम परियोजना सञ्चालनका लागि नेपाल नर्सिङ संघले २०७२ सालको महाभुकम्पमा बिपद् व्यवस्थापनमा उल्लेख्य योगदान गरेको भन्दै संघले १ लाख युरो (१ करोड १६ लाख ३२ हजार रुपैयाँ) बराबरको ‘रिस्क अवार्ड २०१७’ जितेको थियो।
त्यहि रकमबाट तालिमको व्यवस्था गनरिनुका साथै र एपको प्रयोग गरिने संघले जानाएको छ। आइसिटी टूलकिट एपले जापान, फिलिपिन्स, कंगोमा प्रभावकारी ढंगले काम गरिसकेको छ।