काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको ८ औं तहका कर्मचारीहरुको जेष्ठताको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले ८ औं तहका आयुर्वेद चिकित्सक ८६ जना, एकिकृत चिकित्सा ४ जना, मेडिकल अधिकृत ६ सय ६६ जना, डेन्टल सर्जन ३७ र होमियोप्याथिक चिकित्सा २ गरी ७ सय ९५ जनाको सूची सार्वजनिक गरेको हो।
सूची पिडिएफ फाइलमा हेरौँ