काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थयमा सुधार आएपछि डिस्चार्ज भएकी छन्।
ज्वरो, रुघाखोकी र चिसोले सताएपछि दाहाललाई माघ ६ गतेदेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई दिउँसो २ बजे डिस्चार्ज गरिएको भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
दाहाललाई आइसियुबाट आइतबार जनरल वार्डमा सारिएको थियो।
उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार जनरल वार्डमा उनको निगरानी पश्चात स्वास्थ्यमा सुधार देखिएपछि सोमबार डिस्चार्ज गरिएको हो।