काठमाडौं– दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा विश्वनाथ यादव नियुक्त भएका छन्।
प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उपकुलपति डा संगिता भण्डारीको सिफारिसमा यादवलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्।
डा यादवलाई प्रतिष्ठान ऐन २०७४ को दफा २० (१) बमोजिम नियुक्त गरीएको मन्त्रालयले जनाएको छ। डा यादव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए। उनी फरेन्सि मेडिसिनका प्रोफेसर हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।