रुपन्देही–नेपाल डेण्टल एसोसिएसन रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ। एसोसिएसनको पाँचौ अधिवेशनबाट डा. कलितराज जोशीको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो।
समितिको उपाध्यक्षमा डा. विकास कुमार, सचिवमा डा. दिपेन्द्र पोखरेल, सह–सचिवमा डा. विशाल जोशी, कोषाध्यक्षमा डा. रविश मिश्रा र सदस्यहरुमा डा. निक्कि सिन्हा, डा. इमरान सिख, डा. मनिषा शाही र डा.अनुपा श्रेष्ठ चुनिएका छन्।
निर्विरोध निर्वाचित समितिका सदस्यलाई एसोसिएसनका पूर्वअध्यक्ष डा दिपक यादवले पदस्थापन गराएका थिए।
उक्त अवसरमा बोल्दै यादवले मानव स्वास्थ्यको महत्वपूर्ण अंग दन्तको स्वास्थ्यप्रति आम नागरिकलाई सचेत बनाउन र गुणस्तरीय सेवा प्रवाह गर्न एसोसिएसन र समग्र चिकित्सकले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए। उनले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्न चिकित्सकहरुलाई आग्रह गरे।
निर्वाचित अध्यक्ष डा. जोशीले एसोसिएसनको गरिमा बढाउन र चिकित्सकहरुको हक अधिकार सहित स्तरवृद्धि र फेलोसीपका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।