काठमाडौं– अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउन दुई युवाले बुधारबाट रत्नपार्कमा ७२ घण्टे आमरण अनसन सुरु गरेका छन्।
कैलालीबाट आएका खेम बहादुर मगर र अर्जुन कोइरालाले रत्नपार्क, शान्ति बाटिकामा साँझबाट आमरण अनसन सुरु गरेका हुन्।
उनीहरूले आफूहरू कुनै पनि पार्टीको सहयोग नभई युवाहरूकै समर्थनमा अनसन बसेको बताएका छन्।
७२ घण्टाभित्र डा केसीसँग वार्ताका लागि समिति गठन गर्न र अन्य मागका लागि प्रकिया अगाडि बढाउन उनीहरूले सरकारसँग माग गरेका छन्।
अन्यथा, आवश्यक प्रकिया अगाडि नबढाएमा यो भन्दा कडा कार्यक्रम गर्ने उनीहरूले चेतावनी दिएका छन्।