काठमाडौं– संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रमुख प्रतिपक्ष दल कांग्रेसले अनसनरत डा गोविन्द केसीको मागप्रति सरकार पूरै संवेदनहीन बनेको आरोप लगाएको छ।
कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्नुलाई असंवेदनशील कार्य भनेको छ।
सरकारले डा केसीका मागप्रति गरेको बेवास्ताले सरकार उत्तर कारियाली 'सरकार' जस्तै देखिएको प्रवक्ता विश्व प्रकाश शर्माले आरोप लगाए। उनले भने, ‘उत्तर कोरियाली सरकार टपक्क टिपेर राखिएजस्तो देखिएको छ।’
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास असफल भएको कांग्रेसको बुझाइ छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले ती दुर्ई अस्पताल संघीय सरकार मातहत ल्याएको औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ। शर्माले भने, ‘निर्णय सच्याएको हो भने २१ गतेको विरोधको महत्व झन बढ्यो। सरकारले गरेका गल्ती दर्जनौं छन्।’