काठमाडौं– राष्ट्रि चिकित्सा शिक्षा विधेयमकमाथि राष्ट्रिय सभामा संशोधन परेको छ । काँग्रेसबाट राष्ट्रिय सभाका सदस्य बद्री पाण्डे राधेश्याम अधिकारी, सरिता प्रसाईं प्रकाश पन्थ र , वृषेश चन्द्र लालले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
केही दिनअघि मात्रै प्रतिनिधी सभाबाट पारित उक्त विधेयकमा परेको संशोधन छलफलका लागि पास भइसकेको छ । संशोधन प्रस्ताव दर्ता गराउने समय बिहीबार दिउसो १२ः३० बजेसम्मका लागि तोकिएका कारण दर्ता गरिए पनि संसदीय प्रक्रियामा भने भाग नलिने संशोधन दर्ता गराउने मध्येका एक बद्री पाण्डेले बताए । उनले भने, ‘डा गोविन्द केसी यही मागलाई लिएर अनसनरत रहेका कारणले हामी संसदीय प्रक्रियामा सामेल हुँदैनौं।’
दुई तिहाइ बहुमतका आधारमा प्रतिनिधी सभामा पेलेरै विधेयक पास गरिएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहेको छ । काँंग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुको अवरोधका बिच विधेयक राष्ट्रिय सभामा पेश भएको थियो । राष्ट्रिय सभाको बैठक दिउसो २ः०० बजे बस्नेछ।

