काठमाडौं- नेपाल चिकित्सक संघले शुक्रबारबाट देशभरका सरकारी,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
सरकारसँग वार्ता संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गरी योभन्दा कडा कदम चाल्ने परिस्थिती सिर्जना नगर्न आग्रह गरेको छ ।
आज प्रस विज्ञप्ती जारी गर्दै संघले सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि गरिएका कार्यक्रमहरु बेवास्ता गरिएको भन्दै भत्सर्ना समेत गरेको छ । सरकारले सामान्य मावअधिकारको समेत पालना नगरेको संघको भनाई छ।
डा केसीको स्वास्थ्यमा गम्भीर असर देखिन थाल्दा पनि सरकारको निस्कृय कदमले संघ मर्माहित भएको संघका महासचिव डा लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सत्याग्रहको २३औं दिन भईसक्दा समेत सरकारले डा. केसीको जीवन रक्षाका निम्ति कुनै चासो नदिएको भन्दै संघको शान्तिपूर्ण विरोधका कार्यक्रममा पनि घुसपैठ गरी खलल पु¥याउन काम गरेको आरोप लगाइएको छ ।