काठमाडाैँ - सोलाडारिटी फोर डा केसी अलायन्सले माघ १९ गते शनिबार दिनको १२ बजे माइतीघर मण्डला लगायत देशभर शहरका विभिन्न चोकहरुमा प्रदर्शन गर्ने भएको छ।
आज अलायन्सले विज्ञप्ती जारी गर्दै डा केसीसँग १५ आँै सत्याग्रह छँदा भएको सहमतिको मर्मविपरित चिकिस्ता शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित हुँदा राज्य र सत्तारुढ दलको नियत र इमानमाथि गम्भीर प्रश्न उठाउन बाध्य बनाएको बताएको छ।
अलायन्सले डा केसीको जीवन रक्षा तथा उनले बोकेको एजेण्डाको जीतका लागि थप सक्रिय र रचनात्मक भूमिकासहित योगदान पु¥याउनको लागि आह्वान गरेको छ। अलायन्सले पेशागत संगठनहरु तथा नागकिर अभियन्ताहलाई आआफ्नो ठाउँबाट प्रदर्शनमा सहभागिता जनाउन अनुरोध गरेको छ।
१६ औँ अनसनमा बसिरहेका डा केसीको आज २३ औँ दिन पुगेको छ। स्वास्थ्य अवस्था दिनानुदिन खस्किदाे अवस्थामा छ। बाेल्न समेत नसक्ने भएका उनलाई चिकित्सकहरूले अाइसियूमा लान भनेपनि उनी मानेका छैनन्।