काठमाडौं– नेपाल चिकित्सा संघ चितवन शाखाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनशनरत डा।गोविन्द केसीको जीवन रक्षा गर्न अनुरोध गर्दै पत्र बुझाएका छन्।
चितवनमा पुगेका प्रचण्डलाई संघको सचिव डा भोजराज अधिकारीले पत्र बुझाएका हुन्। पत्रमा संघका केन्द्रीय सदस्य डा अनिलविक्रम कार्की र चितवन शाखा अध्यक्ष डा प्रकाश खतिवडाले हस्ताक्षर गरेका छन्।
‘सङ्घका आजीवन सदस्य प्राध्यापक डा।गोविन्द केसी विभिन्न माग राखेर १६ औँ पटक अनशन बसेको आज २२ औँ दिन भएको छ। उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको हुँदा जीवन रक्षाका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ’ पत्रमा उल्लेख छ।