काठमाडौं– नेपाल औषधि व्यवस्था विभागले औषधिको गुणस्तर न्युन रहेको भन्दै विक्रीवितरणमा रोक लगाएको छ । तीमध्ये सबैभन्दा धेरै क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको औषधि छ । यो औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छन् ।
लेबन ल्याब्रोटोरिज प्रालि इन्डियाको ‘जाइलो–पी’, ओम फर्मास्युटिकल्स नेपालको ‘लोटेम्प’ नाम औषधिका तीन ब्याच, केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोला’ र सुमी फर्मास्युटिकल्सको ‘मेगाफल’ न्युन गुणस्तरका भेटिएका हुन् । विभागले यी औषधि प्रयोग र विक्रीवितरण नगर्न भनेको छ। यसैगरी आर्या फर्मास्युटिकल्सको ‘मुपिर ओइनमेन्ट’लाई बजारबाट फिर्ता लिन भनिएको छ ।
