काठमाडाैँ- सरकारले विगतमा गरेको सहमति विपरितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बनाएको विरोधमा अनसरत डा केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रेका छन्। उनीहरुले निकालेकाे जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।
प्रहरीले आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको हो।
आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरुको जुलुस राष्ट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि प्रहरीले गिरफ्तार गरेको हो।
१६औ चरणको अमरण अनसनमा बसेको २४औ दिनसम्म पनि सरकारले केसीका माग सम्बोधन गर्न कुनै पहल नगरेकाे भन्दै नेपाल चिकित्सक संघले अाज देशभरका सरकारी,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ।
प्रहरी हिरासतमा रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा अमित शर्मा, डा बद्री अर्याल लगायतका १७ जना चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको अभियान्ता प्रितिम सुवेदीले जानकारी दिएका छन्।