काठमाडाैँ -कडा हृदयाघात भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिने भएकाे छ। उनलाई करिब साढे १ बजे डिस्चार्ज गरिने अस्पतालले जनाएकाे छ।
छातीमा असह्य पीडा भएपछि उनलाई नर्भिक लगिएको थियो। उनलाई अस्पतालको आकस्मिक कक्षमा सोमबार दिउसो ४ बजेर १५ मिनेटमा भर्ना गरिएको थियो। जाँचका क्रममा उनलाई कडा हृदयाघात भएको पाइएको थियो।
लगत्तै अस्पतालका मुटु रोग विशेषज्ञ डा यादव देव भट्टको टिमले उनको शल्यक्रिया गरेको थियो।
आइतबारदेखि नै छाती दुख्ने समस्या देखिएको पारसलाई हृदयाघात भएको यो तेस्रो पटक हो। यसअघि पनि उनको मुटुको नलीमा स्टेन्ट राखिएको थियो।