काठमाडौँ- नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोधका कार्यक्रम फिर्ता नलिए कारबाही गर्न बाध्य हुने चेतावनी दिएकाे छ।
आज विज्ञप्ती जारी गर्दे मन्त्रालयले भनेको छ 'स्वास्थ्य सेवा जस्तो जनसरोकार र संवेदनशील मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवामा अवरोध हुन नदिन सरकार गम्भिर रहेको छ।'
सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरुमा सेवा यथावत सञ्चालन गर्न मन्त्रालयले अपिल गरेको छ। विरोध फिर्ता नलिए आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालय बाध्य हुने बताएको छ।
चिकित्सक शिक्षा विधेयक विरुद्ध १६ अाैँ अनसन बसिरहेका डा केसीको २४ औँ दिन पुग्दा पनि सरकारले जीवन रक्षाका लागि चासो नदेखाएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलित भएका छन्।
प्रर्दशन गरिरहेका १७ जना चिकित्सकहरुलाई आज त्रिवि शिक्षण अस्पतालबाट पक्राउ समेत गरेको छ।