काठमाडौं– सरकारी चिकित्सक संघ नेपालले देशभर कार्यरत सरकारी डाक्टरलाई काठमाडौं बोलाएको छ। संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै सबैलाई काठमाडौं आउन आ्हवान गरेको हो।
संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। संघीयता कार्यान्वयन र समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै संघले सरकारलाई दाबब दिन सबैलाई केन्द्रमा भेला हुन आह्वान गरेको हो।
देशभरमा कार्यरत सरकारी डाक्टर काठमाडौं आउँदा अस्पतालको सेवा भने प्रभावित हुने देखिएको छ।
संघले विज्ञप्ति जारी गर्दै विगतको सहमति कार्यान्वयन नभए चिकित्सकलाई उच्च तह अध्ययन, तालिम बृति विकासमा दीर्घकालिन असर पर्ने, हालको दरवन्दी तेरिज र संगठन संरचनाअनुसार भए आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा बस्नुपर्ने, माथिल्लो अस्पतालमा सरुवा र बढुवामा असर पर्ने लगायतका समस्या देखाएको छ।
हेरौँ संघले जारी गरेको विज्ञप्ति
