काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको कामलाई अगाडि बढाएको छ। मन्त्रालयले सार्वजनिक गरेको उपसचिवहरुको समायोजन सूची अनुसार स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा कार्यर ७ उपसचिव संघमा परेका छन्।
सार्वजनिक सूची अनुसार स्वास्थ्य मन्त्रालयमा रहेका उपसचिव बाबुराम खनाल, रामहरी लामिछाने, लिलाराज पौडेल र भक्तराज जोशी संघमा परेका छन्।
यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रहेका टेकराज अर्याल, स्वास्थ्य सेवा विभागका महेश पाण्डे र स्वास्थ्य निर्देशनालय कास्कीकी उमा गौतम कोइराला पनि संघ अन्तर्गत परेकी छिन्।