कैलाली– टीकापुर नगरपालिकाले महिला, शिशु तथा किशोरीलक्षित स्वास्थ्य सेवा कार्यक्रम अघि बढाएको छ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा स्वास्थ्य सेवा शीर्षकमा एक करोड ४० लाख रुपैया“ विनियोजन गरेकोमा गर्भवती महिला, शिशु तथा किशोरी स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएको छ।
नगरपालिकाले सुत्केरी महिलालाई लक्षित गरेर ‘होम टु हस्पिटल’ अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रम सुरु गरेको जनाएको छ। यस कार्यक्रमअन्तर्गत घरबाट सुत्केरीलाई एम्बुलेन्समा अस्पताल पुर्याइने जनाइएको छ।
नगरपालिकाको ८ लाख र रेडक्रस सोसाइटीको दुई लाख ५० हजार समेत १० लाख ५० हजार रुपैयाँ लागतमा टीकापुर अस्पतालमा एम्बुलेन्स खरिद गरिएको थियो। सो सेवा यसै महिनादेखि सुरु गरिएको टीकापुर नगरपालिकाका स्वास्थ्य इन्चार्ज बलबहादुर रावलले बताए।
त्यस्तै, टीकापुर नगरपालिकाले निःशुल्क रगत वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ। ‘अस्पतालमा प्रतिमहिना झन्डै ६० पोका रगत आवश्यक हुन्छ,’ स्वास्थ्य इन्चार्ज रावलले भने, ‘हामीले रक्त सञ्चार केन्द्रलाई प्रतिव्यक्ति ८ सय ५० रुपैयाँ दिन्छौं, तर बिरामीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेका छौं।
स्वास्थ्य इन्चार्ज रावलले टीकापुर अस्पतालमा अधिकांश सुत्केरीलाई नै बढी रगतको आवश्यकता पर्ने हुँदा सो कार्यक्रममा जोड दिइएको बताए। गत कात्तिक ८ गतेबाट सुरु भएको यो कार्यक्रमबाट तीन महिनाको अवधिमा एक सय १५ जनाले निःशुल्क रगत पाइसकेको स्वास्थ्य शाखाले जनाएको छ।
त्यस्तै, टीकापुर नगरपालिकाले नवजात बालबालिकालाई लक्षित गरी अस्पतालमा बालरोग विशेषज्ञ सेवा पनि सुरु गरिएको जनाएको छ। अस्पतालमा डेढ महिनाको अवधिमा बालरोग विशेषज्ञ चिकित्सकबाट एक हजार तीन सय तीन जना बालबालिकाले सेवा पाइसकेका छन्।
‘सीमित साधन–स्रोतबाट सेवा दिइरहेका छौं, अब छिट्टै एनआइसीयू सेवा सञ्चालन हुँदैछ,’ बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुरले भने, ‘यस अवधिमा एउटा बच्चाको पेटमा अड्केको वस्तु निकाल्नका लागि मात्र नेपालगञ्ज अस्पतालमा रेफर गर्नुप¥यो, बा“की सबैको टीकापुरमै राम्ररी उपचार भएको छ।’
बालरोग विशेषज्ञ डाक्टरका लागि टीकापुर नगरपालिकाले अहिले वार्षिक २६ लाख रुपैयाँ विनियोजन गरेको छ। टीकापुर अस्पतालमा कोरियाको सहयोगमा आइसियू, एनआइसियू कक्ष तयार भए पनि जनशक्ति अभावमा सञ्चालनमा आएको छैन।
नगरपालिकाले नगरभित्रका सात वटा विद्यालयमा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा पनि सुरु गरेको छ। यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयबाट एक÷एक जना छात्र र छात्रा, एक स्वास्थ्य शिक्षक छनोट गरी उनीहरुलाई यौन तथा प्रजनन् शिक्षालगायत अन्य रोगबारे प्रशिक्षण दिइने छ।
प्रशिक्षण पाएका टोलीले आ–आफनो विद्यालयमा सोबारे विद्यार्थीलाई जानकारी दिने इन्चार्ज रावलले बताए।
‘एक वडा, एक स्वास्थ्य केन्द्र’
टीकापुर नगरपालिका ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ अवधारणाबमोजिम अघि बढेको जनाएको छ।
९ वडा रहेको टीकापुर नगरपालिकाले अहिलेसम्म ८ वटा वडामा स्वास्थ्य केन्द्र स्थापना गरिसकेको जनाएको छ। नगरपालिकाभित्र एउटा अस्पताल, दुई स्वास्थ्य चौकी र पा“च वटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् भने स्वास्थ्य संस्था टाढा भएको वडा नम्बर ७ मा यहि महिनाबाट सञ्चालनमा ल्याउन लागेको स्वास्थ्य शाखा इन्चार्ज रावलले जानकारी दिए।
सहरी स्वास्थ्य केन्द्रमा नेपाल सरकारको मापदन्डअनुसार हेल्थ असिस्टेन्ट, अनमीलगायतका स्वास्थ्यकर्मीमार्फत निःशुल्क औषधि र तोकिएका सेवाहरु दिइरहेको उनले बताए।