राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा रेबिज रोग विरुद्धको स्वास्थ्य सेवा सुरु भएको छ। नगरपालिकाको लामो प्रयासपछि इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य केन्द्रलाई औषधि उपलब्ध गराउन थालेको छ।
औषधि उपलब्ध भएपछि उपचार सेवा सुरु भएको नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए। महाशाखाले प्रतिमहिना ८० भायल एन्टी रेविज भ्याक्सिन उपलब्ध गराउने गरी निर्णय भएको गुप्ताले बताए।
सप्तरीमा सगरमाथा अञ्चल अस्पतालपछि रेविज विरुद्धको उपचार गर्ने प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर दोस्रो स्वास्थ्य संस्था हो। असोजमा प्राथमिक स्वास्थ्य केन्द्रमा यसअघि गत असोजदेखि आँखा तथा कानसम्बन्धि उपचार सुरु भएको छ भने कात्तिक ५ गतेदेखि दन्त सेवा थप गरिएको छ।