चितवन- भरतपुरस्थित मनकामना अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। मृतकका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै तोडफोड गरेका हुन्।
तोडफोडका कारण अस्पतालमा भौतिक क्षति भएको छ भने बिरामीको उपचारमा समेत समस्या परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालमा आक्रमण हुँदा अस्पतालको रिसेप्सनको सिसा फुट्नुका साथै कागजपत्रहरु च्यातिएका छन्। तोडफोडबाट अस्पतालको बरिक एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीले अस्पताल तोडफोडमा संलग्न भएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुमाथि भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका–९ सरदपुरका ३८ वर्षीय कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।
रूखबाट लडेर गम्भीर घाइते भएपछि भुसाललाई उपचारका लागि अस्पताल ल्याइएको थियो।