काठमाडौं- आयुर्वेद तर्फको ब्याचलर अफ आयुर्वेदीक मेडिसिन एन्ड सर्जरी (बिएएमएस) अध्ययनका लागि नयाँ भर्ना खुला भएको छ। नेपाल संस्कृत विश्वविद्यालयले नयाँ भर्नाका लागि आवेदन माग गरेको हो।
विश्वविद्यालयले फागुन १२ गतेसम्म फर्म भर्ने समय दिएको छ। बिएएमएस अध्ययनका लागि अनिवार्य रुपमा प्रवेश परीक्षा पास हुनुपर्ने छ। विश्वविद्यालयले फागुन २५ गते प्रवेश परीक्षा लिने भएको छ।
प्रवेश परीक्षाका लागि बाल्मिकी विद्यापिठ प्रर्दशनी मार्ग, पतञ्जली योगपिठ नेपालको केन्द्रिय कार्यलय मण्डिखाटार, पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेल, काभ्रेमा र केन्द्रिय आयुर्वेद विद्यापिठ वेलझुण्डी, दङबाट फर्म भर्न सकिने छ।
बिएएमएस अध्ययनका लागि नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगत ३ वटा कलेजहरु संचालित छन्।