काठमाडौं– कर्मचारी समायोजनको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिइरहेका चिकित्सकहरु पक्राउ परेका छन्।
सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा दीपेन्द्र पाण्डेलगायत करिब २५ जना चिकित्सकलाई प्रहरीले मन्त्रालयबाटै प्रक्राउ गरेको हो।
कर्मचारी समायोजनकाे विषयलाई लिएर गोदानले असहमति जनाउँदै आएको छ।
गोदनका अध्यक्ष डा दिपेन्द्र पाण्डेले मन्त्रालयको समायोजनका विषयमा मन्त्रालयमा पुगेका चिकित्सकमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज समेत गरेको बताए।
पक्राउ परेका चिकित्सकलाई प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा राखिएको बताइएको छ।