काठमाडौं– सरकारी चिकित्सक संघको (गोदान) आह्वानमा स्वास्थ्य मन्त्रालयमा भएको धर्ना कार्यक्रममा भएको धरपकडको राष्ट्रिय चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कर्मचारी समायोजनको विषयलाई लिएर शान्तिपुर्ण रूपमा धर्नामा बसेका सरकारी चिकित्सकहरुलाई धरपकड गर्दै पक्राउ गरेको भन्दै संघले बिरोध जनाएको छ।
अइतबार गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डे सहित दर्जनौं सरकारी चिकित्सकहरूलाई गिरफ्तार गरिएको थियो। यसअघि पुस २९ गते सरकारी चिकित्सक संघ र नेपाल सरकार स्वास्थ्य मन्त्रालयका पदाधिकारी बिच भएको सम्झौता कार्वन्वायन हुनुपर्ने संघको माग रहेको छ।
गिरफ्तार चिकित्सक लाई अबिलम्ब रिहा गर्दै गोदान र सरकार बिचको ६ बूँदे सम्झौता कार्यान्वयन गर्न संघका महासचिव डा रमेश ढकाल हस्ताक्षरित विज्ञप्तिमा माग गरिएको छ।