काठमाडौं- संघीय संरचनाअनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरबन्दी संघमा राख्दै प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार खटाउन माग गर्दै आन्दोलनरत डाक्टरहरुले आज वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म र्याली निकालेका छन्।

र्याली सरकारी चिकित्सक संघ (गोदान)को अगुवाइमा भएको हो। संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। संघले विगतमा सरकारसँग गरिएको सहमति विपरीत समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको थियो।

संघले आइतबार समायोजनका विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको थियो। सो क्रममा २५ जनाभन्दा बढी चिकित्सक पक्राउ परेका थिए।

