काठमाडौं– संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको सरकारले ११ औं तहका ६ सय ६२ सहसचिवको समायोजन गरेको छ।
समायोजन भएका कर्मचारीमध्ये स्वास्थ्य सेवा अन्तर्गतका १ सय ५० जना कर्मचारी रहेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा सहसचिवलाई समायोजन गरिएको बताए।
उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको जानकारी दिए।
यी हुन् समायोजन भएका स्वास्थ्यका कर्मचारीहरु







