काठमाडाैँ - उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवकाे हड्डीकाे क्यान्सरबाट निधन भएकाे छ। २६ वर्षीया मनिषाकाे आज दिउँसो भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हाे।
विगत ३ वर्षदेखि भारतमा उपचार गराइरहेकी उनलाई केही समययता नेपाल ल्याइएकाे थियाे। उनी मन्त्री यादवका छाेरा अमरेन्द्र यादवकी श्रीमती हुन्।
उनकाे आजै साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चाैरसियाले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।