काठमडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पुरा हुँदै छ।
अस्थिर राजनीतिले निकास पाउने र देशमा विकास हुने नेपालीको आशालाई सरकारले कति साकार बनाउलारु आगामी दिनले बताउला। तर, एक वर्षमा आम सर्वसाधारणले महसुस गर्ने गरी सकारले काम गर्न सकेन।
सरकार गठन भएयता स्वास्थ्य क्षेत्रमा पनि काम भन्दा विवाद र आन्दोलन बढी भएको छ। एक वर्षको यो अवधिमा स्वास्थ्य मन्त्रालयमा केही समय नेकपाकी पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको रुपमा नेतृत्व गरिन्। संघीय समाजवादी फोरम सरकारमा सहभागि भएपछि मन्त्रालयको नेतृत्व उपप्रधान मन्त्री समेत रहेका उपेन्द्र यादवले गरेका छन्।
तर स्वास्थ्य क्षेत्रमा कामको गति भने सुस्त छ। एक वर्षको यो अवधिमा स्वास्थ्य क्षेत्रमा उल्लेख गर्नलागयक काम समेत भएका छैनन्। पुरानै कामको निरन्तरता र नियमित कामको गति समेत सुस्त र विवादित छन्।
सरकारको एक वर्ष पुगेको अवसरमा स्वास्थ्य मन्त्रालयले पुराना र नियमित कामकै सूचीलाई उपलब्धिका रुपमा राखेको छ। मन्त्रालयले तयार पारेको ३५ बुँदे उपलब्धीको सूची प्रधानमन्त्री कार्यालयमा पठाइएको छ। उक्त सचीमा रहेका उपलब्धिको विवरणसहति प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका कामको विवरण आज ४ बजे सार्वजनिक गर्ने छन्।
प्रधानमन्त्रीले सार्वजनिक गर्ने सूचीमा स्वास्थ्यका कति उपलब्धि समावेश हुन्छन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालय समेत बेखबर छ। मन्त्रालयका कर्मचारीका अनुसार मन्त्रालयले पठाएको ३५ बुँदे उपलब्धिकै आधारमा प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गर्ने छन्।
स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाएको सूची अनुसार यी हुन् स्वास्थ्य क्षेत्रमा एक वर्षमा भएका उपलब्धि :


