काठमाडौं– नेपाल जनस्वास्थ्य संघले स्वास्थ्यमा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको खटनपटन गर्ने काम संघीय सरकारले नै गर्नुपर्ने माग राखेको छ।
जनस्वास्थ्य संघले आज विज्ञप्तिा जारी गर्दै स्वास्थ्य सेवामा लोक सेवाको प्रक्रियाबाट प्रवेश गरेका अधिकृत स्तरदेखि माथिका सम्पूर्ण कर्मचारीलाई संघीय सरकारकै खटनपटनमा रहने गरी संघ, प्रदेश र स्थानीय तहमा खटाउने प्रावधान सुनिश्नित गर्न माग गरेको हो।
संघका महासचिव महेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा हालको समायोजन प्रक्रियामा स्वास्थ्यका कर्मचारीको वितृविकास तथा अवसरहरुमा एकरुपता नभएको, सरुवा तथा बढुवाको अवसर साँघुरो भएको लगायतका समस्या उल्लेख छ। संघले यी विषयमा स्वास्थ्य सेवाका अधिकृत स्तरका कर्मचारीहरुले राखेको मागमा एक्वेवद्धता जनाएको छ।
