काठमाडौं- स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिब बाबुराम लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामिछानेविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। लामिछानेले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा काम गर्दा भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको आरोप लागेको छ।
उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदावी गरिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।