ललितपुर- ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पताल १३ औं वर्षमा प्रवेश गरेको छ। वार्षिकाेत्सवकाे अवसरमा आयाेजित रक्तदान कार्यक्रममा बाेल्दै अस्पतालका अध्यक्ष कुमार थापाले यहाँसम्म आइपुग्न सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुकै देन रहेकाे बताए।
लाइन्स क्लव अफ काठमाडौं अल्का डिष्टिक ३२६ एटुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। साे अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुलसमेत वितरण गरिएको थियो।
अल्का अस्पतालले उपचारका नयाँ नयाँ पद्धति भित्र्याउँदै आइरहेको छ। अल्का अस्पतालसँग कटिङ्क एज टेक्नोलोजीका साथै अप्रेसन गर्नका लागि आएका नयाँ नयाँ उपकरण भित्र्याएको छ।
अल्का अस्पतालले अहिले टेष्ट ट्युव वेवी सेवा, प्रसुति सेवा तथा महिला रोग विशेषज्ञ, डाइवेटिज, बालरोग, मुटु रोग तथा त्यसका सम्पुर्ण परीक्षण, न्युराेऽ जनरल फिजिसियन, बाथ, यौन तथा छालारोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा रोग, नाक, कान घाँटी, दाँत रोग विशेषज्ञ, युरोलोजिष्ट, कलेजोरोग विशेषज्ञ, एनेस्थेसिया लगायतका सेवा दिदैँ आइरहेको छ।
ललितपुरकाे जावलाखेलमा २०५२ सालमा अल्का फार्मेसी संचालनमा ल्याएका कुमार थापाले सेवा विस्तार गर्दै अल्का अस्पताल खाेलेका हुन् ।