काठमाडौं- नेपाल क्यान्सर केयर फाउन्डेशनलाई त्रिकोण एडभर्टाइजिङ सर्भिसेजले एक थान कम्प्युटर र प्रिन्टर सहयाेग गरेको छ।
त्रिकोण एडभर्टाइजिङ सर्भिसेजका प्रमुख राजेन्द्र अर्यालले अल्ट्रासाउण्ड मेसिन सञ्चालनका लागि आवश्यक सो कम्प्पुटर र प्रिन्टर फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई हस्तान्रण गरेका हुन्।
अर्याल सो फाउन्डेसनका कोषाध्यक्ष समेत हुन्।
फाउन्डेसनले सन् २०११ देखि क्यान्सरको उपचार, रोकथाम र जनचेतनाका क्षेत्रमा काम गर्दै आएको छ।
बिरामीको उपचार लागि विभिन्न क्षेत्रका व्यक्तिहरुको अग्रसरतामा स्थापित फाउन्डेसनले व्यक्तिगत आर्थिक सहयोगबाटै क्लिनिक समेत सञ्चालन गर्दै आएको छ।
फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले समाजमा नाम कमाएका व्यक्तिहरुले आफूले गर्नसक्ने सहयोग गर्नुपर्ने बताए।
‘हामीले समाजबाट लिने मात्र होइन, समाजलाई दिएर केही गर्नुपर्ने कर्तव्य हुन्छ, फाउन्डेसनमार्फत हामीले त्यही कोसिस गरिरहेका छौँ,' उनले भने।
फाउन्डेसनका महासचिव तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सरीता घिमिरेले क्यान्सरका धेरै बिरामी उपचार सुरु गरेपनि पूर्ण उपचार निकै कम मात्र प्राप्त गर्ने गरेको बताइन्।
फाउन्डेसनले पाठेघरको मुखको क्यान्सर, स्तन क्यानसरका साथै मुख क्यान्सरका क्षेत्रमा पनि काम गर्ने योजना तय गरेको छ।