धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिकाले विपन्न नागरिकको लागि ८ वटा कडा रोगको लागि सरकारले उपलब्ध गराउने राहतका लागि उपचार सिफारिस गर्न सुरु गरेको छ।
गाउँपालिकाले फागुन १ गतेदेखि उक्त सेवा सुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक मधु सुधन खड्काले जानकारी दिए। उनका अनुसार सेवा सुरु भएसँगै बिरामीले गाउँपालिकाबाट नै सेवा पाउँदा जिल्ला सदरमुकाम सम्म जानुपर्ने बाध्यताको अन्त भएको छ। 
गाउँपालिकाले वडा नं ६ बस्ने राम बहादुर चेपाङको हेड इन्जुरीको सिफारिसबाट उक्त सेवा सुरु गरेको हो।
                                                             
                                                        
                            
                            
                            स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com  मा सम्पर्क गर्नुहोला।