काठमाडौं- पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले वीर अस्पतालमा १० लाखको अक्षकोष स्थापना गरेका छन्। स्वर्गीय गजेन्द्रराज जोशीको वार्षिक पुण्यतिथिका अवसरमा जोशी परिवारले अक्षकोष स्थापना गरेका हुन्।
गरिब, असक्त बिरामीको औषधि उपचारका लागि अस्पतालमा कोष स्थापना गरेको जोशी परिवारले जनाएको छ।
स्वार्गिय जोशीकी धर्मपत्नी गीता जोशीले छोरा नवीन्द्रराज जोशीसहित परिवारका अन्य सदस्यहरूको उपस्थितिमा अस्पताललाई चेक हस्तान्तरण गरेकी हुन्।
गजेन्द्र स्मृति कोष स्थापना गर्न १० लाखको चेक अस्पतालका निमित्त निर्देशक डा भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरिएको हो।
आर्थिक अभावका कारण कोहि पनि बिरामी बन्चित नहुन भनेर उक्त कोषको स्थापना गरेको जोशिले बताए।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा सुबोध अधिकारीले कोषबाट गरिब बिरामीको उपचारमा ठूलो सहयोग पुग्ने बताए।
अस्पतालका निर्देशक बस्नेतले कोषको सहि सदुपयोग गर्ने प्रतिवद्वता जनाए।