इटहरी – रिमोट इमरजेन्सी एण्ड प्राइमरी हेल्थ केयर सर्भिस इम्प्रुभमेन्ट इन नेपाल नाम दिइ सुनसरीको इटहरीमा सुरु भएको इमरजेन्सी मेडिसिनको दोश्रो अन्तर्राष्ट्रिय ‘रेप्सिन’ सम्मेलन शुक्रबार सम्पन्न भएको छ।
नेपालको ग्रामीण क्षेत्रको आकस्मीक तथा प्राथमिक स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय वनाउन इमरजेन्सी मेडिसिनको उपचार पद्धती सम्वन्धि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सीपयुक्त बनाउने तथा सो सम्वन्धि ज्ञानको अद्यावधि गर्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको थियो।
सम्मेलन माघ २९ देखी फाल्गुन ३ गतेसम्म ४ दिन चलेको सम्मलेन आयोजना गरिएको सम्मेलन चलेको आयोजक समितिका सचिव रामकुमार धमलाले जानकारी दिए।
बेलायतमा कार्यरत नेपाली प्रोफेसर तथा चिकित्सकहरुको स्वेच्छिक सहयोग, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी विभागकोे प्राविधिक सहयोग, स्थानीय रुपमा इटहरी उपमहानगरपालिका। रेडक्रस सोसाइटी इटहरी र संगीत साधना प्रतिष्ठान इटहरीसंगको सयुक्त सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो।
सम्मेलनमा १५० जना डाक्टर, हेल्थ असिष्टेण्ट, सिएमए, नर्सहरुलाई इमरजेन्सी मेडिसिन सम्वन्धि तालिम दिइएको थियो। त्यस्तै सम्मेलनमा ३० जना नेपाल प्रहरी, ७५ जना मावि तहका विद्यार्थीहरुलाई समेत इमरजेन्सी मेडिसिन र प्राथमिक उपचार सम्बन्धि तालिम दिइएको छ।